१ पुष काठमाडौ ।टोखा नगरपालिकाले आज सोमबार फेरि बिष्णुमति करिडोर क्षेत्रमा बनेका १४ वटा घरटहरा भत्काएकोछ।
बिहानै सात बजेनै ठुलो सङ्ख्यामा नेपाल प्रहरी ,नगर प्रहरी सहित डोजर लिएर पुगेका जनप्रतिनिधि ,प्रशासकीय अधिकृतले ग्रान्डी अस्पताल छेउमा रहेका घर टहरा भत्काइदिएका हुन।
भत्काउन आउने चाल पाएका कतिपयले घरभित्रका सामान निकाली सकेका थिए भने केहिले भने निकाल्दै थिए।उनीहरुले मिश्रित प्रतिक्रिया दिएकाछन।
केहिले भने अझै केही दिन समय पाको भए आफै भत्काउथे भन्दै अहिले नभत्काउन अनुरोध गरिरहेका थिए तर जनप्रतिनिधिहरु यो कुरा सुन्न तयार थिएनन् ।
टोखा नगरपालिकाका प्रशासकीय अधिकृत शेरबहादुर बिसिले सम्बन्धित ब्यक्तिहरुलाई पटकपटक सूचना गरेको भएपनी अटेर गरेपछि नगरपालिकाले भत्काउन बाध्य भएको प्रतिक्रिया दिए।
सार्वजनिक जग्गा संरक्षण गर्ने उदेश्यले यसरि निरन्तर बिष्णुमति छेउछाउमा मापदण्ड बिपरित बनेका घर टहरा हटाउदै आइरहेकोछ।सन्चार्कर्मीहरुको उपस्तिथि देखेपछि स्थानीय र जनप्रतिनिधिले आ-आफ्नै खाले बिचार व्यक्त गरेकाछन।२० औ बर्षदेखि बनेका घरटहराहरु नगरपालिकाले यसरी भत्काइदिएपछी स्थानीय बासिन्दाहरु खुशी देखिन्थे ।
उनिहरुले यो महान काम भन्दै नगरपालिकाको तारिफ गरेका थिए।टोखा नगरपालिकाका उपमेयर ,प्रशासकीय अधिकृत शेरबहादुर बिसि ,वडा अध्यक्षहरु घनश्याम खड्का ,धर्मेन्द्र श्रेष्ठ र रमेश डङ्गोलको उपस्थित रहेको थियो।
प्रतिक्रिया