कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पुजन एबम दामोदर महोत्सव हुने

कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पुजन एबम दामोदर महोत्सव हुने

९ कार्तिक काठमाडौ । (भोलि) देखि ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन दामोदर महोत्सवको आयोजना हुने भएको छ ।

मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि  कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तरवाहिनीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको  प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण महाराजले जानकारी दिएका छन् । 

महामहोत्सवमा मातापिताको प्रत्यक्ष एवम् मानसपूजन, विभिन्न महापुरुषहरूद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायाम, ध्यान तथा साधना गरिने छ ।

यसैगरी हातहातमा दीपक लिएर गण्डकी एवम् दामोदरको आरती, सविधि कात्तिक स्नान तथा उत्तरवाहिनी गण्डकी मन्त्रोच्चारणपूर्वक जीवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवालगायत विधाका प्रशिक्षण हुने छन् ।

सो अवसरमा शिक्षा अध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरूको सम्मेलन, गोष्ठी सेमिनारहरू, आयुर्वेद योग र प्राकृतिक उपचारको सिकाई गरिने छ ।

यसैगरी कर्मकाण्ड, ज्योतिष एवम् वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरूको बिचमा अदभूत अन्तर्संवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले बताए । 

प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका गरी ३३ जना विद्यार्थीहरू अध्ययनरत छन् । महोत्सवले विद्यार्थीहरूको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ ।

गुरुकुलममा विद्यार्थीहरू निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । उनीहरूको निःशुल्क विद्यादान, अन्नदान र जीवनदानका लागि अक्षयकोष स्थापनार्थ यो महामहोत्सवको गर्न लागिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रम मार्फत ११ करोडको अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।

गण्डकी स्नानको महत्व बढाउने कात्तिक स्नान, दीपदानजस्ता महत्वपूर्ण विषयसमेत यो महोत्सवले जोड्ने आयोजकको भनाइ छ । कात्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरू भइरहेको उनले बताए ।

कात्तिक ९ देखि ३० गतेसम्म मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने प्रतिष्ठानले जनाएको छ ।

जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्यबोध गराउँदै दिवङ्गत भइसकेको मातापिता प्रति श्रद्धाभाव जनाउन महोत्सव गर्न लागिएको अध्यक्ष चैतण्यकृष्णको भनाइ छ ।

विस्तृत जानकारीको लागिः ९८५११४६२३४

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अस्ट्रेलियामा १६ बर्ष कम उमेरका बालबालिकाले सामाजिक संजाल चलाउन नपाउने कानुन आउदै!
एक बर्ष अगाडि

७ मङ्सिर काठमाडौ ।अस्ट्रेलियाले १६ बर्ष कम उमेरका बालबालिकाहरुलाइ सामाजिक संजालमा पुर्ण प्रतिबन्ध ...

छुटाउनुभयो कि ?

TOP