८ कार्तिक काठमाडौ ।भगवान पशुपतिनाथको दर्शन गर्न आएका भक्तहरूले अहिले सजिलोसग दर्शन गर्न पाउन थालेकाछन।
असार महिनादेखी ४ वटै ढोका दैनिक दर्शनको लागि खुल्ला गरेदेखि भक्तहरुलाइ दर्शन गर्न सजिलो हुन पुगेको पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवती रमण अधिकारीले बताए ।
पछिल्लो दिनहरुमा पशुपति क्षेत्र भित्र खटिने कर्मचारीहरुमा समेत उनीहरुको व्यबहारमा परिवर्तन देखिएकोछ।
उनीहरुमा आएको सकारात्मक परिवर्तनले दर्शन गर्न आएका भक्तहरु पनि खुशी हुँदै दर्शन गर्न थालेकाछन।
सरसफाइमा समेत पनि कोषले ध्यान पुर्याउन थाल्दा पशुपति क्षेत्र सुन्दर देखिन थालेकोछ।
यस क्षेत्र भित्र आउने धर्मावलम्बीहरुलाइ बाटो छेकेर पैसा माग्ने कुराहरुको धेरै हद सम्म कम हुन थाकेकोछ।
सनातन हिन्दु धर्मावलम्बीहरुको अन्तिम आशाको केन्द्र भगवान पशुपतिनाथ दर्शन गर्न ठुलो सङ्ख्यामा भारतबाट आउने गर्छन।
देश भित्र र बाहिरबाट आउने लाखौं पर्यटकहरुको कारण यहाँ हजारौंले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेकाछन।
कोषले गुरु योजना बनाएर अगाडि बढेकोले आगामी दिनमा पशुपति क्षेत्र बिश्वको लागि धार्मिक पर्यटन हब बन्ने प्रबक्ता अधिकारिले प्रष्ट पारे।
के गरिब के धनी सबैका लागि समान छ पशुपति धाम।जन्मेदेखी मृत्यु सम्म सबैको कल्याण र मुक्ती हुने पशुपति धाम।
जे मागिन्छ त्यही पूरा गरिदिने भगवान पशुपतिनाथको सधैं जय होस।
सम्बादाता
- २०८१-०७-०८
एक बर्ष अगाडि
७ मङ्सिर काठमाडौ ।अस्ट्रेलियाले १६ बर्ष कम उमेरका बालबालिकाहरुलाइ सामाजिक संजालमा पुर्ण प्रतिबन्ध
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!