मानव सेवा फाउन्डेसनद्वारा पशुपतिमा सवा तीन करोड बत्ति प्रज्वलन ,पुनः एकपटक पशुपति कोटिहोम आउन सबैमा अनुरोध

साउन ३० काठमाडौ ।मानव सेवा फाउन्डेसनले आज बुधबार पशुपति कैलास डाडामा सवा तीन करोड दिप प्रज्वलन गरेकोछ।बेलुकी सवा ६ बजे हजारौं मानिसहरुको बिच दिप बालिएको हो।ॐ ,स्वस्तिक चिन्ह सहित  बत्तीद्वारा निर्माण गरिएको थियो।बलेको दिप अत्यन्त मनमोहक सुन्दर देखिएको थियो।सम्पुर्ण नेपालीहरुको शुख,शान्ति ,समृद्धि तथा दिर्घायुको कामना गर्दै यति धेरै दिप प्रज्वलन गरिएको कोटिहोम सड्ढल्पकर्ता बालयोगेश्वर बिजय कृष्ण मुर्ती जि महाराजले बताए ।साढे ५ बजे सुमार्गी भवनदेखि कैलास डाडा कोटि होमसम्मै  सडकको किनारमा बत्ती बालिएको थियो।साउनको एक गतेदेखि ३२ गतेसम्म संचालित कोटिहोममा अदभूत मानिसहरुको उपस्थिति रहेकोछ।प्रत्येक दिन पशुपति कोटिहोममा नयाँ नया कार्यक्रम भैरहेकोछ।बाकी दुई दिन अझै विशेष रहने हुदा पुन एकपटक आउनु भएका र नभएका सम्पुर्ण भक्तजनहरुलाइ सड्ढल्पकर्ता बालयोगेश्वर बिजय कृष्ण मुर्ती  जि महाराजले हार्दिक निमन्त्रणा गरेकाछन।सके दान ,नसके हे भगवान भन्दै आफू र आफ्नो परिवार कल्याणको निम्ति एकपटक भएनी पशुपति कोटिहोम पुग्न उनले पुनः अनुरोध गरेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP