वीर अस्पतालमा प्रत्येक आइतबार हुन थाल्यो रक्तदान कार्यक्रम

वीर अस्पतालमा प्रत्येक आइतबार हुन थाल्यो रक्तदान कार्यक्रम

असार १६ काठमाडौ ।वीर अस्पतालको नयाँ भबन(सर्जिकल भवन )मा प्रत्येक आइतबार ९ देखि २ बजेसम्म रक्तदान कार्यक्रम भैरहेकोछ।

इच्छुक रक्तदान गर्न चाहने स्वस्थ ब्यक्तिले वीर अस्पताल पुगेर रक्तदान गर्न सकिनेछ।अस्पतालको पुरानो भबनमा एमर्जन्सीको ठिक अगाडि रहेको नया भवनको भुइँ तल्लामा ब्लड बैंकका कर्मचारी तयारी अबस्थामा बसिरहेका हुन्छन।सामान्य प्रश्नको केही उत्तरपछि प्रेसर जाँच गरिन्छ ।तुरुन्तै रक्तदान गरेर प्रमाणपत्र पनि बुझ्न सकिन्छ ।

वीर अस्पतालमा आएका बिरामीलाई रगतको अभाव हुन नपरोस भनेर रक्त दान कार्यक्रमको सुरुबात गरिए सगै साप्ताहिकरूपमा प्रत्येक आइतबार रक्तदान  नियमित सन्चालन  गरिएको कुरा अस्पताल निर्देशक डा.सन्तोष पौडेलले बताउनु भयो।

आफू बाचाऔं र अरुलाई बचाऔं भन्ने मुल नारा सहित सुरु गरिएको पबित्र कार्यक्रम देखेर  आम मानिसहरू समेत प्रभावित हुँदै धमाधम रकदान गरिरहेकाछन।

वीर अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रमलाई उपकार सेवा नेपालले सहयोग पुराउदै आइ रहेको वीर अस्पताल इमेर्जेन्सी ब्लड बैंकका इन्चार्ज डा.नागेश्वर कक्षपतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP