असार १५ काठमाडौ ।आज २१ औं रास्ट्रीय धान दिवस देशैभरी मनाउने काम भयो।विभिन्न संघ सस्था,केन्द्र ,प्रदेश सरकार,स्थानीय सरकारले पनि आ-आफ्नै ढङ्गले असार १५लाई विशेष बनाउने काम गरे।
यस्तै पार्टी प्रतिनिधिहरुले पनि किसानहरुमा हौसला थप्ने काम गरे।नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर ४ ले पनि भब्यताका साथ धान दिवस मनाउने काम गर्यो।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा भएको धान दिवस कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यतामा रोपाइँ कार्यक्रम सप्पन्न भएको थियो।उहाँले खेतमा झरेर रोप्दै किसानहरुमा हौसला थप्नु भएको थियो।रोपाइँ सकिने बितिकै खाएको दहि र चिउराले एउटा महत्त्वपूर्ण पर्बको झल्को दिन्थ्यो।
काठमाडौ जिल्ला क्षेत्र नम्बर ४का कार्यबाहक अध्यक्ष रामप्रसाद लुइँटेलले निमन्त्रणा गरेको धान दिवस कार्यक्रममा क्षेत्रीय प्रतिनिधि माननीय मिना पराजुली, बागमती प्रदेशको पुर्ब लेखा समिति सम्योजक नुछेनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ,नेता ,किसान ,मजदुर,बिद्यार्थी र स्थानीय ब्यक्तिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
क्षेत्रीय प्रतिनिधि मेघनाथ भुर्तेलले नेपाली काङ्ग्रेस किसानहरुको पार्टी भएकोले किसानहरुसगै यसरी धान दिवस मनाउन पाउँदा अत्यन्त खुसी मिलेको बताउनु भयो।धान दिवसमा सरिक हुनुहुने सबैमा उहाले हार्दिक आभार सहित धन्यवाद दिनु भयो।
साउन ९ काठमाडौ ।उदयपुर बार एसोशियसनको चुनाव धाधली भएको भन्दै पुर्ब अध्यक्ष बैकुण्ठनाथ दाहाल लगायत उन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!