टोखा नगरपालिकाले भब्य मनायो धान दिवस

टोखा नगरपालिकाले भब्य मनायो धान दिवस

असार १५ काठमाडौ ।२१औं  राष्ट्रिय  धान दिवसको उपलक्ष्यमा आज टोखा नगरपालिकाले वडा नम्बर दुईमा भब्य रुपमा धान दिवस  सम्पन्न गरेकोछ।

पन्चे बाजा सहित मेयर प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेरबहादुर बिसि ,११ का वडा अध्यक्ष घनश्याम खड्का,अन्य वडा अध्यक्षहरु सदस्यहरु,जनप्रतिनिधि ,कर्मचारी  लगायत स्थानीय ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रसाशकिय अधिकृत शेरबहादुर बिसि  र वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले खेतमा हिलाम्मे भएर रोपाइँ गरेको दृश्य साच्चै असार १५ कै बिगतका दिनहरुको रमाइलो झल्को दिन्थ्यो।सबै उपस्थितहरु अत्यन्त उत्साहीत भएर धान दिवस मनाउदै थिए।

रोपार,बाउसे हिलो खेलाखेल गर्दै रोप्दै गर्दा अन्य ब्यक्तिहरु पनि खेतमा ओर्लेर धान रोपाइँको मज्जा लिदै थिए।रोपाइँ पछि दही चिउरा खाएर सबैले असार १५ मनाउदै थिए। सन्चार्कर्मिहरुको समेत उपस्थितिले यस बर्षको टोखाको धान दिवस उल्लासमय तरिकाले सम्पन्न हुन पुगेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP