प्रेरणा महिला उत्थान बचत ऋण सहकारीले सप्पन्न गर्यो रक्तदान कार्यक्रम

प्रेरणा महिला उत्थान बचत ऋण सहकारीले सप्पन्न गर्यो रक्तदान कार्यक्रम

असार १५ काठमाडौ ।प्रेरणा महिला उत्थान बचत ऋण सहकारीले आज सनिवार काठमाडौ -१२मा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ।

बिनायक मन्दिर परिसरमा भएको  रक्तदान कार्यक्रममा १८ जना ४० बर्ष सम्मका महिला /पुरुषहरुले रक्तदान गरेकाछन।रक्तदानपछि सस्थाले  रक्त दान गर्ने ब्यक्तिहरुलाइ प्रमाणपत्र प्रदान गर्दै चना,अन्डा , केरा ,फ्रुटी खुवाएको थियो ।

सस्थाकी अध्यक्ष सपना साही,पुर्ब अध्यक्ष सरिता साही लगायत कार्यसमिति तथा कर्मचारी कार्यक्रम स्थलमा खटेर रक्तदान कार्यक्रम सफल बनाउन लागि परेको देखिन्थ्यो ।

काठमाडौ महानगरपालिका को  आर्थिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको सस्थाकी अध्यक्ष सपना साहिले बताउनु भयो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP