रारा घुम्न गएका तीन पर्यटकको भीरबाट खसेर मृत्यु, दुई घाइते

रारा घुम्न गएका तीन पर्यटकको भीरबाट खसेर मृत्यु, दुई घाइते

मुगु । मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल घुम्न गएका पर्यटक सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

काठमाडौं‌बाट मुगुको रारातर्फ जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स जीप आइतबार छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्लाको जिमाकाँरा भीरबाट करिब ६ सय मिटर तल खसेको हो।

दुर्घटनामा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ।

दुर्घटनामा जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल मुगुमा उपचारका लागि लगिएको छ।

जीपमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
15 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP