चर्चामा
काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजना तथा सेवामा कार्यरत श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ कार्यविधि जारी गरेको छ। मन्त्रिपरिषद्बाट कात्तिक १७ गते स्वीकृत कार्यविधिअनुसार श्रमिकको सीप र कामको प्रकृतिका आधारमा दैनिक पारिश्रमिक १ हजार ७४० देखि २ हजार ४०० रुपैयाँसम्म निर्धारण गरिएको छ।
कार्यविधिअनुसार अदक्ष श्रमिकको दैनिक कुल पारिश्रमिक १ हजार ७४० रुपैयाँ तोकिएको छ। जसमध्ये श्रमिकको बैंक खातामा १ हजार ४५० रुपैयाँ जम्मा हुनेछ भने बाँकी २ सय ९० रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ। सामाजिक सुरक्षा योगदानमा सार्वजनिक निकाय र रोजगारदाताले समान १०–१० प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, दक्ष तथा उच्च दक्ष श्रमिकका लागि कामको प्रकृतिअनुसार दैनिक २ हजार २८० देखि २ हजार ४०० रुपैयाँसम्मको पारिश्रमिक निर्धारण गरिएको छ। स्थायी, अस्थायी, दैनिक ज्यालादारी, मौसमी तथा आंशिक समय काम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
श्रमिकको पारिश्रमिक अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने, रोजगारदाताले श्रमिकको एटीएम कार्ड तथा चेकबुक नियन्त्रणमा राख्न नपाउने र तोकिएको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधा नदिने व्यवसायीलाई सार्वजनिक खरिदमा सहभागी हुन रोक लगाउन सकिने व्यवस्था गरिएको छ।
सरकारले नयाँ बोलपत्र आह्वान हुने ठेक्कामा यो व्यवस्था अनिवार्य लागू गर्ने जनाएको छ। यससँगै सरकारी ठेक्का तथा सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षालाई अनिवार्य सर्त बनाइएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!