बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित

बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित


काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः४० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर र चालीसेमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। परेवाभिर र ज्वाङखोलामा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

काभ्रेको बीपी राजमार्गमा पनि जोखिमका कारण सवारी सञ्चालनमा समय तथा भार सीमा तोकिएको छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ।

नुवाकोटको टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावतीस्थित सिमटारमा सडक अवरुद्ध छ।

यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण सहिद राजमार्ग, मुगु–गमगढी सडक, कर्णाली राजमार्ग र राप्ती राजमार्गका केही खण्डसमेत पूर्ण रूपमा बन्द भएका छन्। प्रहरीले सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP