चर्चामा
नवलपरासी ।नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। अन्य घाइतेको डण्डास्थित अस्पतालमा उपचार भइरहेको छ।
मृतकमध्ये केहीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!