चर्चामा
धादिङ ।धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगिएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले अस्थायी रूपमा सवारी सञ्चालन बन्द गरिएको जानकारी दिएकी छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि उक्त सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
प्रशासनले सडक बन्द रहने अवधिमा धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारीचालकलाई अनुरोध गरेको छ।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!