फेरि बाढीको जोखिम बढ्यो, भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

फेरि बाढीको जोखिम बढ्यो, भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले भोटेकोशी नदीमा पुनः बहाव बढेको सूचना प्राप्त भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढीपछि आज पुनः तिब्बततर्फबाट पानीको बहाव केही बढेको जानकारी प्राप्त भएको उल्लेख छ। थप बाढी आउन सक्ने जोखिम कायम रहेकाले भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य कार्यमा खटिएका तथा जोखिम क्षेत्रमा रहेका सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्राधिकरणले जोखिम देखिएलगत्तै सुरक्षित स्थानमा सर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। यसअघि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले थप जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP