भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावा सहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

यसै गरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन ,आवासीय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ । तीव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरुलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सबैभन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग–भग २० जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP