स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३ रनको योगफल बनाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै, फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्लिस ३४ रनमा अविजित रहे । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर चार विकेट लिए । त्यस्तै करण केसी र नन्दन यादवले समान दुई-दुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP