काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा बहुमत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि उत्पन्न विवाद थप गहिरिँदै गएको छ।
राजीनामापछि केही व्यवसायीहरूले संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि संघका अध्यक्ष भुवन सिंह गुरुङले तत्कालै कानुनी कदम चालेका छन्। उनले तालाबन्दी गरे लगत्तै प्रहरी वृत्त गौशालामा निवेदन दर्ता गर्दै संघ कार्यालयमा लगाइएको ताला खोल्न आवश्यक पहल गर्न माग गरेका हुन्।
अध्यक्ष गुरुङले निवेदनमा ताल्चा लगाउने व्यक्तिहरूको तस्वीर तथा भिडियो प्रमाण आफूहरूसँग रहेको उल्लेख गरेका छन्। साथै, केही उच्छृङ्खल व्यक्तिहरूको उक्साहटमा गैरकानुनी रूपमा कार्यालय बन्द गरिएको भन्दै उक्त कार्य निन्दनीय भएको उल्लेख गरिएको छ।
उनले संघको नियमित कार्यालय सञ्चालन अवरुद्ध भएको भन्दै तत्काल ताला खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। साथै, उनले १५ गते बिहान १० बजे कार्यालय समयमै प्रहरी परिचालन गरी ताला खोल्न समेत माग गरेका छन्।
संघभित्र देखिएको नेतृत्व विवाद र सामूहिक राजीनामापछि उत्पन्न घटनाक्रमले वैदेशिक रोजगार व्यवसायी क्षेत्रमा थप तनाव सिर्जना गरेको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!