काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले कडा आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एउटा हृदयविदारक तस्बिर सार्वजनिक गर्दै सरकारको कडा आलोचना गरेका हुन्।
साम्पाङले आफ्नो वक्तव्यमा वर्तमान सरकारलाई असफल घोषणा गर्दै “अब अवसान मात्रै बाँकी रहेको” टिप्पणी गरेका छन्। गरीबको गाँस खोस्ने र बासस्थान भत्काउने सरकार कुनै पनि हालतमा सफल मान्न नसकिने उनको भनाइ छ।
उनले लेखेका छन् कि, “यो तस्बिरले हजारौँ शब्द बोलिरहेको छ। गरीबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा समर्थन हुन सक्दैन।” उनले पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत संकेत गर्दै यस्तो अमानवीय कार्यको पक्षपोषण नगर्न आग्रह गरेका छन्।
साम्पाङले ठूला भ्रष्टाचार गरेर महलमा बस्नेहरूमाथि चुनौती दिँदै गरीबलाई न्यूनतम जीवनयापन गर्न सक्ने वातावरण बनाउन माग गरेका छन्। “गरिबलाई दमन गर्न हजारौँ प्रहरी र सेना प्रयोग गर्ने सरकार लोकतान्त्रिक हुनै सक्दैन,” उनले उल्लेख गरेका छन्।
उनले चुनावका बेला जनतालाई झुक्याएर मत माग्ने प्रवृत्तिको आलोचना गर्दै अहिलेको परिस्थितिमा जनताले दुःख पाएको बताएका छन्। “नेता महलमा र जनता सडकमा रहने अवस्था स्वीकार्य छैन,” उनले भने।
अन्त्यमा, साम्पाङले सम्पूर्ण नेपालीलाई सरकारविरुद्ध आवाज उठाउन आह्वान गर्दै प्रश्न गरेका छन्— “हामीले बनाउन खोजेको देश के यस्तै हो त?”
हाल सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा सरकार र सरोकारवालाबीच बहस चर्किँदै गएको छ। यस घटनाले सामाजिक, राजनीतिक तथा मानवीय पक्षमा व्यापक छलफल जन्माएको छ।
काठमाडौं । टोखा नगरपालिकाले आफ्ना शैक्षिक संस्थानहरूमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!