सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ८२० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

थापाथली बस्ती पूर्णरूपमा भत्काइयो, २५ जनालाई आश्रय—सिनामंगलमा पनि डोजर सुरु
2 हप्ता अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती नदी किनारको अव्यवस्थित बस्ती हटाउने कार्य सम्प ...

छुटाउनुभयो कि ?

TOP