यु-१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र मावि विजयी

यु-१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र मावि विजयी


बैतडी | बैतडीमा सम्पन्न यु-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वीरेन्द्र मावि शाहिलेकले जितेको छ । आज भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले हराउँदै वीरेन्द्रले उपाधि रक्षा गरेको हो ।    
    
 जितका लागि पाएको १९० रनको लक्ष्य पछ्याएको कालाशैनी १६ दशमलव एक ओभरमा ११७ रनमा समेटियो । जसमा मनोज चन्दले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । बलिङमा वीरेन्द्रका टेकेन्द्र चन्द र सङ्गम ठगुन्नाले तीन÷तीन विकेट लिए ।    
    
 यसअघि दशरथचन्द खेल मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको वीरेन्द्रले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८९ रन बनायो । उसका सुजल चन्दले अविजित ९५ रन जोड्दै म्यान अफ दी फाइनल भए । कालाशैनीका विक्रम लावडले तीन विकेट झारे ।    
    
 बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय खेलका लागि समावेश गरिनेछ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत
3 दिन अगाडि

काठमाडौँ ।आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरे ...

छुटाउनुभयो कि ?

TOP