मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुग्नुभएको छ । यो भ्रमणले यस क्षेत्रमा तनाव कम गर्ने र शान्ति स्थापना गर्ने आशा जगाएको छ ।
विदेशमन्त्री अराघचीका साथमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईसहितको सानो प्रतिनिधिमण्डल पनि इस्लामावाद आइपुगेको छ । एक पाकिस्तानी अधिकारीका अनुसार अराघचीले प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल जनरल असीम मुनिरसँग भेट गर्नुहुनेछ । उनले अमेरिकी अधिकारीसँग पनि भेट गर्ने सम्भावना रहेको पाकिस्तानी स्रोतले बताएको छ तर यसको पुष्टि इरानले गरेको छैन ।
अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर इरानी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष वार्ताका लागि शनिबार पाकिस्तान आउने कार्यक्रम रहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले पुष्टि गर्नुभएको छ।
पाकिस्तानको विदेश कार्यालयका अनुसार इरानी नेतालाई उपप्रधानमन्त्री इशाक डार, फिल्ड मार्शल मुनिर र अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। पाकिस्तानको भूमिका इरान र अमेरिकाबीच मध्यस्थता गर्नु हो, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्नु हो।
इरानी दूतावासले सामाजिक सञ्जाल गरेको एक पोस्टमा भनेको छ, “विदेशमन्त्री द्विपक्षीय मामिला र क्षेत्रीय घटनाक्रमबारे छलफल गर्न इस्लामाबाद आइपुग्नुभएको छ । पाकिस्तानी अधिकारीले पाकिस्तानी मध्यस्थता टोलीसँगको महत्वपूर्ण छलफलपछि अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ता इस्लामाबादमा हुने अपेक्षा गरिएको छ। इरानसँग कुनै प्रकारको समझदारी विकास भएमा शनिबार रातिसम्म अमेरिकी प्रतिनिधिमण्डल आइपुग्ने अपेक्षा गरिएको छ।
{Rss}
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!