काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। विभागका अनुसार विदेशी नागरिकहरूले नेपालका १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न जाँदा अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्नेछ।
यस प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन अनलाइन प्रणालीमार्फत अनुमति दिने व्यवस्था गरिएको छ। यसअघि एकल रूपमा पदयात्रा गर्न चाहने पर्यटकलाई अनुमति नदिइने भए पनि अब नयाँ निर्णयअनुसार एक जना पर्यटकले पनि पदयात्रा अनुमति लिन सक्नेछन्। तर, यस्तो अवस्थामा ट्रेकिङ गाइड अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।
त्यस्तै, समूहमा पदयात्रा गर्दा एक जना ट्रेकिङ गाइडले बढीमा ७ जना पर्यटकलाई मात्रै साथमा लैजान पाउने नियम लागू गरिएको छ, जसले पर्यटकको सुरक्षा र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विभागले जनाएको छ।
पदयात्रा अनुमति लिन विदेशी नागरिकहरूले आफ्नो स्वीकृत भिसा नम्बर प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। विभागले यस नयाँ व्यवस्थाबाट पर्यटन प्रवर्द्धन, आन्तरिक रोजगारी सिर्जना तथा पर्यटकको सुरक्षामा सुधार आउने अपेक्षा गरेको छ।
काठमाडौं । पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै मंगलबार काठमाडौं प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!