गृह मन्त्रालयमा उच्च सुरक्षा सक्रियता: संवेदनशील फाइल पुनः खोलिँदै, ठूला कारबाहीको तयारी तीव्र

गृह मन्त्रालयमा उच्च सुरक्षा सक्रियता: संवेदनशील फाइल पुनः खोलिँदै, ठूला कारबाहीको तयारी तीव्र

काठमाडौं । गृह मन्त्रालयमा पछिल्ला दिनमा उच्चस्तरीय सुरक्षा सक्रियता बढेको छ।यतिबेला गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा जारी सुरक्षा बैठकमा संवेदनशील प्रकृतिका पुराना फाइलहरू पुनः खोल्ने विषयले विशेष प्राथमिकता पाएको छ।

बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकमा हाल चलिरहेका अनुसन्धान, पुराना विवादित फाइलहरूको पुनः समीक्षा तथा सम्भावित कारबाहीको रणनीति बारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार केही संवेदनशील प्रकरणसँग सम्बन्धित कागजातहरू पुनः सक्रिय गरिएको छ भने ती फाइलहरूमाथि थप अनुसन्धान अघि बढाउने तयारी तीव्र पारिएको छ। यससँगै उच्च तहसम्म पुग्न सक्ने सम्भावित कारबाहीको संकेत समेत देखिएको बताइन्छ।

सुरक्षा निकायभित्र भइरहेको छलफलमा अनुसन्धानको दायरा विस्तार गर्ने, प्रमाण संकलनलाई मजबुत बनाउने तथा आवश्यक परेमा कानुनी प्रक्रिया अघि बढाउने विषयमा जोड दिइएको बुझिएको छ।

यसैबीच, पछिल्ला राजनीतिक तथा सञ्चार माध्यमका टिप्पणीबारे प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले यसलाई “मिडिया ट्रायल” को रूपमा चित्रण गरेका छन्। उनले दबाब र आलोचनाबीच पनि कानुनी प्रक्रिया र आवश्यक कारबाही कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन्।

गृह मन्त्रालयभित्र देखिएको पछिल्लो सक्रियता र सुरक्षा संयन्त्रको कडाइले प्रशासनिक तथा राजनीतिक वृत्तमा चासो बढाएको छ।आजभोलिनै केही चर्चित प्रकरणसँग सम्बन्धित फाइलहरू औपचारिक रूपमा अगाडि बढ्ने सम्भावना रहेको स्रोतहरूको दाबी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP