काठमाडौं। वैदेशिक रोजगार विभाग ले मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (पुनः प्रवेश) खुला गरेको छ, जसले विदेश जान इच्छुक नेपाली कामदारका लागि प्रक्रिया सहज बनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को २०८२ चैत ३ गतेको निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की लगायतका देशहरूमा पुनः श्रम स्वीकृति दिने व्यवस्था पुनः सुरु गरिएको हो।
यसअघि २०८२ मंसिर १७ गते मन्त्रालयको निर्णयबाट मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा दिइँदै आएको श्रम स्वीकृति रोकिएको थियो। सो निर्णयका कारण वैदेशिक रोजगारीको प्रक्रिया प्रभावित हुँदै आएको थियो।
पछिल्लो निर्णयमा भने इरान, इजरायल, कुवेत, बहराइन, इराक र लेबनानका लागि पुनः श्रम स्वीकृति अझै खुला नगरिएको स्पष्ट गरिएको छ। ती देशहरूमा सुरक्षा तथा परिस्थितिजन्य संवेदनशीलता कायम रहेको जनाइएको छ।
विभागले निर्णय कार्यान्वयनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत पुनः आवेदन दिन सकिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको जनाएको छ।
यस निर्णयसँगै वैदेशिक रोजगारीमा देखिएको अवरोध हट्ने, रोजगारीको खोजीमा रहेका नेपाली युवालाई राहत पुग्ने तथा श्रम बजार पुनः चलायमान हुने अपेक्षा गरिएको छ।
सरकारले मध्यपूर्व क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक परे थप निर्णय लिने जनाएको छ।
श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!