सर्लाही,फागुन ३-नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरको रूपमा लिन मतदातासमक्ष आग्रह गरेका छन्।
सर्लाही–३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा उनले भने, “यो चुनाव केवल भोट हाल्ने औपचारिक प्रक्रिया होइन। हाम्रो एक–एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ।”
वरिष्ठ नेता श्रेष्ठले राजनीतिक परिवर्तनका क्रममा आफ्नो पार्टीले निरंकुश शासन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे। उनले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान–मजदुर तथा पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार निर्माण गरिएको दाबी गरे।
संघीय संरचनाले शासन व्यवस्थालाई केन्द्रबाट प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार गरेको उल्लेख गर्दै उनले जनताले आफ्नै स्थानबाट सेवा–सुविधा पाउने व्यवस्था सुदृढ हुँदै गएको बताए।
भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा बोल्दै श्रेष्ठले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण तथा सुन तस्करी जस्ता मुद्दामा कारबाही अघि बढाइएको उल्लेख गरे। “भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नै पार्टीका नेता–कार्यकर्तासमेत कारबाहीमा परेका छन्,” उनले भने।
मिटरब्याज पीडितको समस्यालाई गम्भीर सामाजिक संकटका रूपमा चित्रण गर्दै उनले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको जानकारी दिए।
राजनीतिक परिवर्तनपछि अबको मुख्य कार्यभार शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवास, खानेपानी, विद्युत्, सडक तथा सिँचाइ जस्ता आधारभूत समस्या समाधान गर्दै विकास र समृद्धिको यात्रालाई तीव्रता दिने रहेको उनले बताए।
अन्त्यमा श्रेष्ठले संविधान, गणतन्त्र, संघीयता, समावेशीकरण र सुशासनको रक्षा गर्न आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गर्दै सर्लाही–३ का मतदातालाई तारा चिन्हमा मतदान गर्न अपिल गरे।
काठमाडौँ | चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!