वैदेशिक रोजगारीका नाममा साढे ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीका नाममा साढे ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं,माघ २१— वैदेशिक रोजगारीका लागि जर्जिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्दै आएका ५२ वर्षीय पूर्णबहादुर वाइवा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार, वाइवाले आकर्षक तलबमा जर्जिया लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा पारी पछि सम्पर्कविहीन भएका थिए। पीडितको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनले एक जना पीडितबाट साढे ६ लाख रुपैयाँ लिएका थिए। पक्राउ परेका वाइवामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता कायम
1 हप्ता अगाडि

म्याग्दी।म्याग्दीबाट आएको प्रत्यक्ष निर्वाचनको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुन अग ...

छुटाउनुभयो कि ?

TOP