पब्लिक डिबेटका लागि एमाले तयार छ : केपी शर्मा ओली

काठमाडौ ,माघ ११-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न चाहने दलहरूबीच पारदर्शी पब्लिक डिबेट आवश्यक रहेको बताएका छन्। उनले आफू त्यस्तो बहसमा आमनेसामने उभिएर तथ्य र एजेन्डा प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।

देश बनाउने र देश जलाउने पक्षबीच अहिलेको निर्वाचन केन्द्रित रहेको उल्लेख गर्दै ओलीले एमाले देश निर्माणको पक्षबाट मैदानमा उत्रिएको दाबी गरे। पछिल्लो समय सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री ल्याई मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले सार्वजनिक बहसको माग उठेको हुनसक्ने उनको भनाइ छ।

यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका पुराना दलदेखि अघिल्लो चुनावपछि खुलेका र भर्खरै दर्ता भएका नयाँ दलहरू समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर अघि आएको सन्दर्भमा ओलीले सबै दलका एजेन्डा, विगतको काम र भविष्यको रोडम्याप जनतामाझ खुला बहसमार्फत प्रस्तुत हुनुपर्ने बताए।

“हामीले विगतमा के–के गर्‍यौँ र अब देश कसरी अघि बढाउँछौँ भन्ने कुरा तथ्यका आधारमा राख्न म तयार छु,” ओलीले भने, “चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनेर आएका सबैलाई सिधा प्रश्न सोध्न सकिने मञ्चमा उभिएर आफ्नो एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु।”

उनले सबै पक्ष सहभागी हुने गरी पब्लिक डिबेट आयोजना गर्न आग्रह पनि गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP