देउवाको कारबाहीपछि गगन थापा: ‘हामी नै आधिकारिक कांग्रेस हौँ, रुख र चारतारे झन्डा हामीसँग छ’

देउवाको कारबाहीपछि गगन थापा: ‘हामी नै आधिकारिक कांग्रेस हौँ, रुख र चारतारे झन्डा हामीसँग छ’

काठमाडौं पुस ३० -नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि कांग्रेसको आधिकारिकता को भन्ने प्रश्न चर्किएको छ।

कारबाहीपछि प्रतिक्रिया दिँदै महामन्त्री गगन थापाले पार्टीको आधिकारिकता विशेष महाधिवेशनमार्फत विधिवत र विधानसम्मत रूपमा चयन हुने नेतृत्वसँगै रहने दाबी गरेका छन्। उनले भने, “यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो।”

थापाका अनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेको छ। मनोनयन दर्ताको काम सम्पन्न भइसकेको र नामावली सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको उनले बताए। “संवादका लागि प्रयास भएका थिए, तर सफल भएनन्,” थापाले भने, “अब अल्मलिनुपर्ने अवस्था रहेन।”

उनले असोज २८ गतेको केन्द्रीय समिति बैठक स्मरण गर्दै सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएर जिम्मेवारी हस्तान्तरण गर्दा आफूहरूले सम्मानपूर्वक स्वीकार गरेको बताए।

विशेष महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वबारे आजै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराउने तयारी भइरहेको पनि थापाले जानकारी दिए। कांग्रेसको चुनाव चिह्न र पार्टी झन्डाबारे समेत आफूहरू नै आधिकारिक पक्ष भएको उनको दाबी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्ने सभापति थापाको दावी
एक महिना अगाडि

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत् ...

छुटाउनुभयो कि ?

TOP