कांग्रेस विशेष महाधिवेशनमा समयतालिका हेरफेर, राति ८–९ बजेसम्म मतदान

कांग्रेस विशेष महाधिवेशनमा समयतालिका हेरफेर, राति ८–९ बजेसम्म मतदान

काठमाडौं पुस ३०-नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले बुधबार (पुस ३०) का लागि तय गरिएको निर्वाचन प्रक्रियाको समयतालिका हेरफेर गरेको हो।

समितिका अनुसार अपराह्न ४ बजे प्रथम नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ। साढे ४ देखि ५ बजेसम्म दाबी–विरोधको छानबिन गरिने निर्वाचन समितिले जनाएको छ।

दाबी–विरोधको छानबिनपछि ५ः०५ बजे पुनः नामावली प्रकाशन गरिनेछ। ५ः३५ बजेसम्म मनोनयन फिर्ता लिन सकिने व्यवस्था गरिएको छ भने साँझ ६ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ।

केन्द्रीय निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मतदान प्रक्रिया राति ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।

विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि तय गरिएको यस निर्वाचन प्रक्रियाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्ने सभापति थापाको दावी
एक महिना अगाडि

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत् ...

छुटाउनुभयो कि ?

TOP