काठमाडौं पुस ३०-नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले बुधबार (पुस ३०) का लागि तय गरिएको निर्वाचन प्रक्रियाको समयतालिका हेरफेर गरेको हो।
समितिका अनुसार अपराह्न ४ बजे प्रथम नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ। साढे ४ देखि ५ बजेसम्म दाबी–विरोधको छानबिन गरिने निर्वाचन समितिले जनाएको छ।
दाबी–विरोधको छानबिनपछि ५ः०५ बजे पुनः नामावली प्रकाशन गरिनेछ। ५ः३५ बजेसम्म मनोनयन फिर्ता लिन सकिने व्यवस्था गरिएको छ भने साँझ ६ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ।
केन्द्रीय निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मतदान प्रक्रिया राति ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।
विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि तय गरिएको यस निर्वाचन प्रक्रियाले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया