काठमाडौं पुस ३०-पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध देशका विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया सुरु भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले फौजदारी कार्यविधि संहिता, दफा ३६ अनुसार मुद्दा फिर्ता लिने विषयमा नायव महान्यायाधिवक्ताहरूसँग छलफल गरी सम्बन्धित सरकारी वकिलहरूलाई प्रक्रिया अघि बढाउन स्वीकृति दिएकी हुन् ।
लामिछानेविरुद्ध काठमाडौं, रुपन्देही, कास्की र पर्सा जिल्ला अदालतमा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका अभियोग दर्ता छन् । अब ती जिल्लास्थित सरकारी वकिल कार्यालयहरूले आरोपपत्र संशोधनका लागि अदालतमा रितपूर्वक निवेदन दिनेछन् ।
सम्बन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता हुनेछन् । त्यसपछि रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्र बाँकी रहनेछ ।
सरकारको यो निर्णयले राजनीतिक वृत्त र कानुनी क्षेत्रमा चासो र बहस बढाएको छ । अब सबैको ध्यान अदालतको निर्णय र सहकारी ठगी प्रकरणको सुनुवाइतर्फ केन्द्रित भएको छ ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया