काठमाडौं पुस २४ — चारैतिरबाट चर्को विरोध खेपेपछि अन्ततः नागरिक सरकारका मन्त्री कुलमानले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीले राजीनामा बुझाएकोमा धन्यवाद दिए पनि राजीनामापछिको कुलमानको पत्रकार सम्मेलन भने विवाद र आक्रोशको केन्द्र बनेको छ।
राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा कुलमानले आफू आजसम्म उज्यालो नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा कुनै पनि राजनीतिक दलको औपचारिक सदस्यता नलिएको दाबी गरे। तर उनको यो भनाइ सार्वजनिक तथ्य र दृश्य प्रमाणसँग मेल खादैन।
कुलमान मन्त्रीको गाडी, सरकारी झन्डा र सुरक्षासहित उज्यालो नेपालको कार्यक्रममा खुलेआम सहभागी हुँदै आएका थिए। त्यति मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको घोषणा गर्दै उपसभापति बन्ने चरणसम्म पुगेका कुलमानले अहिले भने “त्यो प्रक्रिया कार्यान्वयन भएकै छैन” भन्दै आफू स्वतन्त्र रहेको दाबी गरेका छन्।
उनले पत्रकार सम्मेलनमै “भोलिदेखि म अध्यक्ष, उपाध्यक्ष वा साधारण सदस्य जे पनि हुन सक्छु” भन्दै उज्यालो नेपाल बनाउने अभियानमा सक्रिय रहने घोषणा गरे। तर प्रश्न उठ्छ—यदि कुनै पार्टीसँग सम्बन्ध नै थिएन भने राजीनामा दिनुपर्ने बाध्यता किन आयो?
दिनदहाडै मन्त्रीको हैसियतमा पार्टीगत गतिविधिमा संलग्न व्यक्ति आज आएर “मैले कहिल्यै पार्टी सदस्यता लिएको छैन” भन्नु राजनीतिक नैतिकतामाथि नै प्रश्नचिह्न भएको विश्लेषकहरू बताउँछन्।
कुलमानका पछिल्ला अभिव्यक्तिले उनी अब मन्त्रीमा सीमित नरही पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा पुगेको संकेत गर्छ। आफ्नै बोलीमा आफूलाई “जनताको सबैभन्दा लोकप्रिय नेता” ठान्नु र “जनताले मलाई प्रधानमन्त्री चाहेका छन्” भन्ने आत्ममुग्ध सोचले उनी गम्भीर राजनीतिक भ्रममा परेको टिप्पणी भइरहेको छ।
संयोगवश तीन वटा मन्त्रालय सम्हाल्न पुगेका कुलमानको अहिलेको चाहना मन्त्रीभन्दा माथि पुगेको देखिन्छ। तर बोली, व्यवहार र निरन्तर विरोधाभासी अभिव्यक्तिले उनको राजनीतिक यात्रा सहज नहुने संकेत स्पष्ट देखिएको छ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति बनाएर देखाएको भरोसा अब पुनः प्राप्त गर्न कुलमानलाई कठिन पर्ने संकेत देखिएको छ। झुटमाथि झुटको राजनीति लामो समय टिक्न नसक्ने भन्दै राजनीतिक वृत्तमा उनी निकट भविष्यमा हास्यास्पद पात्र बन्ने आँकलनसमेत हुन थालेको छ।
काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

प्रतिक्रिया