दक्षिण कोरियाको आग्रहपछि चीनका राष्ट्रपति शी जिनपिङको सन्देश : ‘धैर्य र संवाद आवश्यक’

दक्षिण कोरियाको आग्रहपछि चीनका राष्ट्रपति शी जिनपिङको सन्देश : ‘धैर्य र संवाद आवश्यक’

बेइजिङ, पुस २४ — चीनका राष्ट्रपति शी जिनपिङ ले कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्न धैर्य र निरन्तर संवाद आवश्यक रहेको बताएका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ ले उत्तर कोरियासँग वार्ता पुनः सुरु गराउन चीनले मध्यस्थ भूमिका खेलिदिन आग्रह गरेपछि शीले यस्तो धारणा व्यक्त गरेका हुन्।

दक्षिण कोरियाली पक्षसँगको कूटनीतिक संवादका क्रममा राष्ट्रपति शीले कोरियाली प्रायद्वीपको स्थायित्व सम्पूर्ण क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै समस्या समाधानका लागि एकपक्षीय कदमभन्दा वार्ता र कूटनीतिमै जोड दिनुपर्ने बताएका छन्।

यसैबीच, चीनले युरोपेली मुलुकहरूसँगको आर्थिक तथा व्यापारिक सहकार्य सुदृढ गर्ने संकेतसमेत दिएको छ। अन्तर्राष्ट्रिय स्तरमा बढ्दो भू–राजनीतिक तनावबीच चीनले संवाद, सहकार्य र बहुपक्षीय कूटनीतिलाई प्राथमिकतामा राख्ने सन्देश दिएको विश्लेषकहरूले बताएका छन्।

चिनियाँ राष्ट्रपति शी जिनपिङको यो धारणा पछिल्लो समय एसिया–प्रशान्त क्षेत्रमा देखिएको सुरक्षा चुनौती र कूटनीतिक हलचलका सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP