वासिङ्टन, जनवरी ७ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को मध्यमावधि निर्वाचनमा रिपब्लिकन पार्टी पराजित भए आफू तेस्रोपटक महाभियोग (इम्पिचमेन्ट) को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
हाउस रिपब्लिकन नेताहरूसँगको भेटमा ट्रम्पले भने, “यदि हामीले चुनाव जितेनौँ भने डेमोक्र्याटहरूले मलाई फेरि इम्पिच गर्नेछन्।” उनको भनाइले रिपब्लिकन पार्टीभित्र राजनीतिक दबाब र आन्तरिक बहस बढाएको बताइएको छ।
यसैबीच, ट्रम्पले अमेरिकी सैन्य बजेट २०२७ मा १.५ ट्रिलियन डलर पुर्याउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। विश्वव्यापी सुरक्षा चुनौती बढिरहेको दाबी गर्दै उनले रक्षा खर्चमा उल्लेखनीय वृद्धि आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय मामिलामा पनि ट्रम्पका अभिव्यक्तिहरू चर्चामा छन्। उनले भेनेजुएलापछि ग्रीनल्यान्ड, क्युबा र कोलम्बियालाई अमेरिकाको रणनीतिक चासोका क्षेत्रका रूपमा उल्लेख गरेका छन्। विशेष गरी ग्रीनल्यान्डको विषयमा ट्रम्पको धारणा नाटोभित्रै विवादास्पद बनेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्पका पछिल्ला अभिव्यक्तिहरू आगामी निर्वाचनलाई केन्द्रमा राखेर समर्थकलाई एकताबद्ध गर्ने रणनीतिक प्रयासका रूपमा हेरिएका छन्।
पोखरा,माघ २३ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिइसकेको र अब यही बद्लिएको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!