देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेः मन्त्री खरेल

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्नेः मन्त्री खरेल

चितवन, पुस २० — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशभर कार्यरत सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने आवश्यकता रहेको बताए। नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि सनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको थालनी गरिसकेको बताए।

उनले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु जरुरी रहेको बताए। पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने उल्लेख गर्दै उनले नेपाल पत्रकार महासंघ चितवन शाखा अन्य शाखाको तुलनामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे।

पत्रकारका समस्या समाधानका लागि वर्तमान सरकारले केही आधारशिला तयार गर्ने बताए। साथै, लोककल्याणकारी विज्ञापन सही तरिकाले सबै सञ्चार माध्यमसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीबारे मन्त्री खरेललाई जानकारी गराएका थिए।

यसैबीच, मन्त्री खरेलले समाचार संकलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकाललाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो
एक महिना अगाडि

काठमाडौँ, माघ १८ - स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतित ...

छुटाउनुभयो कि ?

TOP