काठमाडौं, वैशाख २५ — नेपाली पत्रकारिता क्षेत्रमा लामो योगदान दिएका वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार साँझ ८ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
१९८५ सालमा जन्मिएका रिसाल नेपाली पत्रकारिताका आदिकालीन स्तम्भमध्ये एक मानिन्छन्। रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन लगायतका माध्यमहरूमा उनको सक्रिय सहभागिता थियो। सत्य बोल्न नहिच्किचाउने, कलम कहिल्यै नझुकाउने पत्रकारको रूपमा उनले एउटा अनुकरणीय इतिहास निर्माण गरेका थिए।
स्वर्गीय रिसालले आफ्नो मृत्युपछि शरीर चिकित्सा अध्ययनका लागि दान दिने इच्छा व्यक्त गरेका थिए। उनका भाइ पुरु रिसालका अनुसार, सोही अनुसार उनको शव ललितपुरस्थित पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ। "उहाँको स्पष्ट इच्छा थियो— अन्त्येष्टि नगरियोस्, शरीर दान गरियोस्," उनले अन्नपूर्ण पोस्टसँग भने।
उक्त निर्णयअनुसार रिसालको कुनै पनि किसिमको अन्त्येष्टिका कार्यक्रम आयोजना गरिने छैन।
उनको निधनले सम्पूर्ण पत्रकारिता क्षेत्र स्तब्ध र शोकाकुल बनेको छ। नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चार संस्थाहरू, पत्रकारहरू तथा शुभचिन्तकहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
भैरव रिसालको जीवनलाई नेपाली पत्रकारिताको पाठशाला मानिन्छ, जसको योगदान अमिट रहिरहनेछ।
श्रद्धाञ्जली!
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया