आज ७५औं प्रजातन्त्र दिवस ,विभिन्न कार्यक्रम गरि मनाइदै
सम्बादाता
२०८१-११-०७
96
Shares
७ फागुन काठमाडौ ।आज ७५ औं प्रजातन्त्र दिवस ।१०४ बर्षे राणासासनको अन्त्य भएको दिन।एउटा निरङकुस साससन ढलेर प्रजातन्त्र उदय भएको विशेष दिन।
आजको दिनको बिशेश महत्व रहेकोछ।साढे ७ दसक अगाडि तत्कालीन राजा त्रिभुवन र नेपाली जनता मिलेर राणा सासनको अन्याय अत्याचार विरुद्धमा नेपाली जनताले बलिदान दिएपछि राणा शासन ढलेको दिनको उपलक्ष्यमा आज प्रजातन्त्र दिवस देसैभर मनाइने गरिन्छ ।
सरकार ,नागरिक र विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दै आइरहेकाछन।
१. प्रजातन्त्र दिवस (लोकतन्त्रको सुरुवात)फागुन ७, २००७ सालमा नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो। राजा त्रिभुवनको नेतृत्वमा नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरूले राणा शासनविरुद्ध संघर्ष गरेपछि देशमा प्रजातान्त्रिक शासन प्रणालीको थालनी भएको थियो।
२. ऐतिहासिक राजनीतिक परिवर्तनको प्रतीकयो दिनले नेपालमा जनताका अधिकार स्थापित गर्ने तथा निरंकुश शासन अन्त्य गर्ने महत्वपूर्ण मोडको रूपमा लिइन्छ। यस दिनपछि नेपालको राजनीतिमा विभिन्न चरणमा परिवर्तनहरू भए, जसमध्ये २०१५ सालको संविधान, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, गणतन्त्र स्थापनालगायतका महत्वपूर्ण घटना परेका छन्।
३. नेपाली जनताको संघर्षको सम्मान फागुन ७ लाई नेपाली जनताको साहस, बलिदान संघर्षको प्रतिकको रूपमा पनि लिइन्छ। यो दिन नेपाली इतिहासमा लोकतन्त्रप्रति जनताले देखाएको प्रतिबद्धता र योगदानको सम्झनामा मनाइन्छ।
त्यसैले, फागुन ७ गते नेपालमा ऐतिहासिक, राजनीतिक र जनताको हकहितसँग जोडिएको महत्वपूर्ण दिन हो।
प्रतिक्रिया