हिरासतमा सुतेका रबि लामिछानेको तस्बिर सामाजिक संजालमा बन्यो भाइरल
सम्बादाता
२०८१-०९-०४
113
Shares
काठमाडौ ।कास्की हिरासतमा रहेका रास्वपा सभापति तथा पुर्ब गृहमन्त्री रबि लामिछानेको"हिरासतमा "सुतिरहेको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेकोछ।
सो तस्बिर दीपक बोहराले पहिलो पटक सार्वजनिक गरेको उनी स्वयंले बताएकाछन।उनले पोस्ट गरे लगत्तै विभिन्न ब्यक्तिहरुले पनि पोस्ट गर्दै मानव अधिकारको हनन भएको भनेकाछन।
हिरासतमा कुनै पनि मोबाइल लिएर जान पाइदैन तर सिसि टिभीबाट खिचिएको तस्बिर कसरी बाहिरियो भन्नेमा आम मानिसहरु आश्चर्य चकित परेकाछन यतिबेला ।यो तस्बिर साचो हो या झुटो हो भनेर मानिसहरु दुबिधामा परेकाछन।तस्बिरलाई लिएर पक्ष विपक्षमा रहेर आफना आफ्ना खाले बिचारहरु सामाजिक संजालमा राख्न थालेकाछन।
आज बिहानै लामिछानेको अबस्था बारे बुझ्न दीपक बोहरा कास्की हिरासत पुगेका थिए ।रबि लामिछानेलाई भेटेपछि दीपक बोहराले फेसबुक लाइभ मार्फत रबि लामिछानेसग भएको कुराकानी सार्बजनिक गरेकाछन।
लामिछाने हिरासत असुरक्षित रहेको उनले बताएकाछन।रबि लामिछानेले कुराकानीमा तस्वीर मात्र होइन भिडियोनै खिचेर प्रहरीले कतै पठाइरहेको दाबी गरेकाछन।हिरासतमा आफू सुरक्षीत नरहेको रबि लामिछानेले भेटमा दीपक बोहरालाई बताएकाछन।
फेसबुक लाइभ गर्दै दीपक बोहराले छानबिनको माग गर्दै राश्वपाले समेत छानबिन गर्ने बताएकाछन।
सार्बजनिक भएको लामिछानेको तस्वीर सक्कलीनै भएको समेत उनले दाबी गरेकाछन।आज बिहान लामिछानेलाई भेटे लगत्तै बोहराले फेसबुक लाइभ गरेर जानकारी गराएका थिए।
प्रहरीले भने यस सम्बन्धमा आधिकारिक धारणा सार्बजनिक गरेकोछैन।
प्रतिक्रिया