निशुल्क ७ दिने उद्घोषण तालिम सुरु

काठमाडौ महानगरपालिका वडा न .६ र गौरीशंकर सरस्वतीनगर  महिला समूहले असार २ गते आइतबारबाट ७ दिने उद्घोषण तालिम सुरु गरेको छ ।वडाबासि हरुको क्षमता अभिबृदी गर्ने उदेश्य लिएर संचालित उक्त कार्यक्रम सरस्वतीनगर सुधार संघको आफ्नै हलमा भैरहेकोछ।सस्थाकी अध्यक्ष साबित्रा बोगटीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा का.म.न.पा वडा ६ का वडा अध्यक्ष भुवन लामा प्रमुख अतिथी हुनुहुन्थ्यो भने वडाका महिला सदस्यहरु ,सदस्यहरु,समाजसेबी ,सुरक्षाकर्मि समेतको उपस्थिति रहेको थियो। ४० जना सहभागी रहको  उक्त कार्यक्रमको प्रशिक्षक भने अत्यन्तै लोकप्रिय उद्घोषण प्रशिक्षक ,सन्चारकर्मी  एबम गायिका बिष्णुमायाले बिहान ११:३० बाट  दिउँसो ३ बजे सम्म गराउनु  हुनेछ।उक्त कार्यक्रममा अतिथिहरुले तालिमको सफलताको  शुभकामना मन्तब्य दिनुभएको थियो भने प्रमुख अतिथिले शुभकामना मन्तब्यको साथमा आवश्यकता हेरि एड्भान्स तालिमको पनि ब्यवस्था गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो।यस महिला समुहमा धेरै सदस्यहरु तालिमको लागि इच्छुक भएको भए पनि तालीमको अत्यन्तै आवस्यकता भएका महिला दिदी बैनी र केही दाजुभाइहरुलाइ छनोट गरि तालीममा सहभागी गराइएको सस्थाकी सहसचिब तथा कार्यक्रमको सम्योजक तुलसा गौतमले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

कोशीमा सिट गणितको लडाइँ तीव्र: एमाले बहुमतको दाबीमा, कांग्रेस आन्तरिक चिन्तामा
2 घण्टा अघि

विराटनगर१५ माघ - २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP