चर्चामा
काठमाडौं । जापानमा शक्तिशाली भूकम्प आउन सक्ने भन्दै व्यापक क्षेत्रमा आपत्कालीन सूचना जारी भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। तर जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो जारी गरेको उक्त सूचना गलत भएको पुष्टि गर्दै फिर्ता लिएको छ।
एजेन्सीले अक्टोबर १६ मा दिउँसो १२ः४८ बजे भूकम्पसम्बन्धी पूर्वसूचना जारी गरेको थियो। सूचनामा कुरिल टापु समूह (चिसिमा द्वीपसमूह) लाई सम्भावित केन्द्रविन्दुका रूपमा उल्लेख गरिएको थियो। पछि एजेन्सीले भूकम्प नगएको स्पष्ट पारेको जनाइएको छ।
उक्त अलर्ट होक्काइदो, तोहोकु, टोकियो, इबाराकी, चिबा, साइतामा, कानागावा, होकुरिकु र तोकाईलगायत जापानका विभिन्न क्षेत्रमा जारी गरिएको थियो। एकैपटक ठूलो भूभाग समेटेर चेतावनी दिइएपछि सर्वसाधारण सम्भावित भूकम्पको जोखिमप्रति सतर्क बनेका थिए।
जापानको आपत्कालीन भूकम्प पूर्वसूचना प्रणालीले भूकम्प मापन केन्द्रबाट प्राप्त प्रारम्भिक संकेतका आधारमा सम्भावित स्थान र कम्पनको तीव्रता अनुमान गर्छ। प्रारम्भिक तथ्यांक अपूर्ण हुँदा वा मापन प्रणालीमा समस्या देखिँदा कहिलेकाहीँ गलत चेतावनी जारी हुन सक्छ।
जापानमा यसअघि पनि यस्ता घटना भएका छन्। सन् २००६ मा चट्याङबाट उत्पन्न कम्पनलाई भूकम्प ठानेर गलत पूर्वसूचना जारी गरिएको थियो।
यद्यपि, शुक्रबारको अलर्ट किन गलत भयो र त्यसको पछाडि कुन प्राविधिक कारण थियो भन्ने विषयमा उपलब्ध विवरणबाट पुष्टि हुन सकेको छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!