मोरङमा गाँजा तस्करीको आशंकामा प्रहरीको गोली, दुई भारतीय पक्राउ

मोरङमा गाँजा तस्करीको आशंकामा प्रहरीको गोली, दुई भारतीय पक्राउ

मोरङ । मोरङमा गाँजा तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् भने प्रहरीले दुई चरणमा गरी ३६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनी निवासी ३९ वर्षीय प्रमोद चौधरी र सोही जिल्लाको महगामा ग्राम पञ्चायत, थाना नम्बर ४ निवासी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १२ गते राति करिब ११ः३० बजे रतुवामाई नगरपालिका-५, गोविन्दपुरस्थित बक्रा खोला बगरबाट २६४ किलो ६१० ग्राम गाँजा बरामद गरिएको थियो। सेतो बोराभित्र प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी थप विवरण तथा दोस्रो चरणमा बरामद गरिएको गाँजाको अवस्था प्रहरीले सार्वजनिक गर्ने क्रममा थप स्पष्ट हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP