चर्चामा
झापा, २९ असोज। झापाको बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएपछि तीन वर्षीय बालकको मृत्यु भएको छ। घटनाबारे निष्पक्ष छानबिन गर्न परिवारले माग गरेको छ। अर्जुनधारा नगरपालिका-९ घर भएका बालक आमासँगै बिर्तामोड नगरपालिका-९ गरामनीस्थित मावली घरमा बस्दै आएका थिए। परिवारका अनुसार बिहीबार अपराह्न करिब ४ बजे बिस्कुट घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि बिर्तामोड अस्पताल लगिएको थियो। अस्पताल भर्ना भएको केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
बालकको मृत्युपछि पाठक र थपलिया परिवारका सदस्यबीच असमझदारी देखिएको छ। पारिवारिक विवादका कारण घटनाबारे विभिन्न आशंका उत्पन्न भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। बालकको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ।
प्रहरीका अनुसार बालकको मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि स्पष्ट हुनेछ। हालसम्म पारिवारिक विवाद र बालकको मृत्युसँग कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!