भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित विदुर नगरपालिकाले बाढीपीडितका लागि राहत तथा पुनःस्थापनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।नगरपालिकाले बस्न योग्य घर नभएका प्रभावित परिवारलाई तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेटलगायत सामग्री उपलब्ध गराइने भएको छ।नगरपालिकाले कोठा भाडामा दिँदा प्रचलितभन्दा बढी भाडा असुल गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने जनाएको छ।सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताको सहयोगमा अस्थायी आवास निर्माण गरी प्रभावितलाई पुनःस्थापना गर्ने तथा होल्डिङ सेन्टरबाहेकका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!