७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित

७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित

काठमाडौँ । नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १० हजार २१० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। प्रदेशगत रूपमा लुम्बिनी सबैभन्दा बढी प्रभावित छ, जहाँ २ हजार ८४८ जनामा संक्रमण देखिएको छ। यस्तै सुदूरपश्चिममा २ हजार १३, गण्डकीमा १ हजार ८९५, बागमतीमा १ हजार २८४, कोशीमा १ हजार १६०, कर्णालीमा ७५१ र मधेसमा २५९ जना संक्रमित भएका छन्।

महाशाखाले झाडी, घाँस, खेतबारी तथा जंगलमा जाँदा सावधानी अपनाउन र शरीर ढाक्ने कपडा तथा बुट प्रयोग गर्न आग्रह गरेको छ। उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक थकान वा शरीरमा रातो दाग देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन भनिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP