सुख्खा पहिरोले घर पुरिँदा एक जना च्यापिए, सकुशल उद्धार

सुख्खा पहिरोले घर पुरिँदा एक जना च्यापिए, सकुशल उद्धार

पर्वत । जलजला गाउँपालिका-७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ।

आज बिहान करिब ५ः३० बजे माथिबाट ढुङ्गा-माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए। उद्धार टोलीले उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

उद्धार गरिएका आचार्यको दाहिने आँखामाथिल्लो भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

थप उपचारका लागि उनलाई प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
17 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP