बाढीपहिरोपछि विद्युत् प्राधिकरण ‘हाइ अलर्ट’मा, सेवा पुनःस्थापनाका लागि टोली परिचालन

बाढीपहिरोपछि विद्युत् प्राधिकरण ‘हाइ अलर्ट’मा, सेवा पुनःस्थापनाका लागि टोली परिचालन

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएको छ।प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् सेवा छिटो पुनःस्थापना गर्न जनशक्ति, उपकरण र प्राविधिक टोली तयारी अवस्थामा राखी परिचालन गरेको जनाएको छ। कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सातै प्रदेशका कार्यालय प्रमुखसँग छलफल गरी क्षतिको अवस्था र विद्युत् आपूर्तिबारे जानकारी लिएका छन्।विद्युत् अवरुद्ध भएका ठाउँमा सम्भव भएसम्म  वैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालनवैकल्पिक लाइन तथा फिडरमार्फत आपूर्ति सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको सुरक्षित मर्मत तत्काल अघि बढाउन निर्देशन दिइएको छ। भारी वर्षा र सडक अवरोधका कारण केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न भने कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्बियामा विद्यार्थी आन्दोलनको जितले सत्ता उल्टियो, बुचिचको १४ वर्षे शासन अन्त्य?
7 मिनेट अगाडि

काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...

छुटाउनुभयो कि ?

TOP