गोरखा । पालुङटार नगरपालिकामा आर्थिक वर्ष २०८३/८४ का लागि खरिद योजना तर्जुमा गोष्ठी तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
सोमबार पालुङटार नगरपालिका कृषि विकास तथा पशु सेवा शाखाको सभाहल, बाह्रपिर्केमा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा इकाइका प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी आर्थिक वर्षका लागि आवश्यक वस्तु तथा सेवाको खरिद प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन खरिद योजना तर्जुमा सम्बन्धी छलफल गरिएको थियो। साथै शाखा तथा इकाइ प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत गरिएको जनाइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योजना तर्जुमा र कार्यसम्पादन सम्झौताको महत्वपूर्ण भूमिका रहने बताए। उनले निर्धारित लक्ष्य, समयसीमा र जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे।
नगरपालिकाले कार्यसम्पादन सम्झौतामार्फत सेवा प्रवाहमा जवाफदेहिता, पारदर्शिता र नतिजामुखी कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्ने अपेक्षा गरेको जनाएको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!