काठमाडौ ।हिन्दु नारीहरूको महान् पर्व तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। तीज गीतको चर्चा हुँदा सम्झिने नाममध्ये एक हुन् लोकप्रिय गायक तथा सर्जक भागिरथ चलाउने। उनका विगतका धेरै तीज गीतले दर्शक–श्रोताको मन जित्दै लामो समयसम्म लोकप्रियता कायम राख्न सफल भएका छन्।
यसैबीच, भागिरथ चलाउनेले यस वर्ष पनि नयाँ तीज गीत ‘लरि लरि लै’ दर्शकमाझ ल्याएका छन्। गीतमा उनलाई गायिका दीपिका बयम्बु मगरले स्वरमा साथ दिएकी छन्। गीतको शब्द तथा लय स्वयं भागिरथ चलाउनेकै रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्।
मालश्री स्टुडियोमा तयार गरिएको गीतको रेकर्डिङ सागर बाजुरालीले गरेका हुन् भने मिक्सिङ खड्क बाजुरालीको रहेको छ। म्युजिक भिडियोमा गायक भागिरथ चलाउने स्वयं तथा जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ।
भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका छन्। गीत भागिरथ चलाउनेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक भएयता दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइएको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ‘लरि लरि लै’ ले तीज गीतको बजारमा विशेष स्थान बनाउन सफल होस् भन्ने शुभकामना व्यक्त गरिएको छ। भागिरथ चलाउनेका अघिल्ला तीज गीतहरूले समेत उल्लेखनीय लोकप्रियता हासिल गरेका थिए।
काठमाडौं।जीवनमा सबै बालबालिकाले समान अवसर पाउँदैनन्। कोही आमाबुबाको माया, शिक्षा र सुरक्षित भविष्यको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!