काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। यसले नदी–नाला, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने पूर्वानुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
काठमाडौं । सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!