विदेश उपचारमा राज्यकोषको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्चमा रिट

विदेश उपचारमा राज्यकोषको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेताहरूले विदेशमा उपचार गर्दा राज्यकोषबाट व्यहोरेको रकम फिर्ता गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता सरोज कुमार न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

रिटमा सर्वोच्च अदालतले यसअघि नै वैदेशिक उपचार खर्च राज्यले बेहोर्ने सम्बन्धी कार्यविधि खारेज गरिसकेको अवस्थामा राज्यकोषबाट खर्च गरिएको रकम असुलउपर गरिनुपर्ने माग गरिएको छ।

निवेदक न्यौपानेले सार्वजनिक पदमा रहेका वा रहिसकेका व्यक्तिहरूको विदेश उपचारमा राज्यकोष प्रयोग गरिएको विषय कानुन र सर्वोच्चको पूर्व आदेशविपरीत भएको जिकिर गरेका छन्। उनले उक्त खर्चको विवरण सार्वजनिक गर्न तथा सम्बन्धित व्यक्तिबाट रकम फिर्ता गराउन अदालतबाट आदेश जारी हुनुपर्ने मागसमेत गरेका छन्।

सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइका लागि मिति तोक्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
11 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP