जापानमा नेपालीको संख्या ३ लाख नाघ्यो, पाँचौँ ठूलो विदेशी समुदाय

जापानमा नेपालीको संख्या ३ लाख नाघ्यो, पाँचौँ ठूलो विदेशी समुदाय

काठमाडौं । जापानमा बसोबास गर्ने नेपालीहरूको संख्या ३ लाख नाघेको छ । टोकियोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा रहेका नेपालीको संख्या ३ लाख ९९ पुगेको उल्लेख गरिएको छ ।

जापानको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकलाई उद्धृत गर्दै दूतावासले जापानमा रहेका आप्रवासीमध्ये नेपाली समुदाय पाँचौँ स्थानमा रहेको जनाएको छ । साथै, सन् २०२५ मा जापान प्रवेश गर्ने विदेशीहरूमध्ये सबैभन्दा बढी नेपाली रहेको तथ्यांकसमेत पत्रमा उल्लेख छ ।

पत्रअनुसार यस वर्ष ६७ हजार ५४६ नेपाली जापान प्रवेश गरेका छन् । सोही अवधिमा जापान प्रवेश गर्ने दोस्रो ठूलो समूह इन्डोनेसियाका नागरिक रहेका छन्, जसको संख्या ६६ हजार २४५ रहेको उल्लेख गरिएको छ ।

दूतावासका अनुसार जापानमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । सन् २०२५ को अन्त्यसम्म चिनियाँको संख्या ९ लाख ३० हजार २८५ पुगेको छ । त्यसपछि भियतनामी ६ लाख ६७ हजार १००, दक्षिण कोरियाली ४०७ हजार ३४१, फिलिपिन्सका नागरिक ३४८ हजार ५४७ रहेका छन् । नेपाली समुदाय पाँचौँ स्थानमा पुगेको हो ।

दूतावासले विगत पाँच वर्षमा जापानमा नेपालीहरूको संख्या तीव्र रूपमा बढेको जनाएको छ । तथ्यांकअनुसार:
सन् २०२१ मा: ९७,१०९
सन् २०२२ मा: १,३९,३९३
सन् २०२३ मा: १,७६,३३६
सन् २०२४ मा: २३३,०४३
सन् २०२५ मा: ३,००,०९९

दूतावासले पाँच वर्षमै २ लाखभन्दा बढी नेपाली थपिएको उल्लेख गर्दै जापानमा जनशक्ति व्यवस्थापनका विषयमा गम्भीरतापूर्वक विचार गर्न सरकारसँग आग्रह गरेको छ । पत्र कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले पठाएका हुन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
9 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP